Announcement:

This sport-site is about Judo and hosted by Jhapa Judo Dojo. Call if any query +977-9862656127

नेपालमा जुडो खेलको विकास

नेपालमा जुडो खेलको विकास गर्न निम्न बुदाहरुमा ध्यान दिन जरुरी :
१) नेपाल जुडो संघद्धारा नेपालमा जुडो खेलको विकासका निम्ति स्पष्ट कार्यनिति, कार्यविधि र सयम तालिका बनाईनु पर्ने ।
२) नेपाल जुडो संघद्धारा नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय जुडो खेलाडीहरुलाई खेलमा निरन्तर लागि पर्न जीविकोपार्जनका निम्ति उपाय व्यवस्थापन गरी कार्यान्वयन गर्ने ।
३) नेपालमा ख्याती प्राप्त गरी कारणवश विदेशिनु भएका र वर्तमान समयमा पनि जुडो खेलद्धारा नेपालको नाममा टेवा पुर्‍याउँनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक र खेलाडीहरुलाई सम्मान, सद्भाव, समझदारी र सहयोग हुनुपर्ने ।
४) नेपालमा भएका जुडो खेल समाग्रीहरु जुडो म्याट, जुडो गी आदि को उचित प्रयोग, व्यवस्थापन गरी प्रगति मापनका अनुसूचीहरु निर्धारण गरी स्पष्ट कार्यान्वय गरिनु पर्ने ।
५) नेपालमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुलाई सम्भाव्यता र खेलमा खेलाडीहरुको संख्यात्म आधारमा उपयुक्त जिल्ला छनौट गरी अधिराज्यभरी रहेका जिल्ला जुडो डोजोहरुमा परिचालन गरीनु पर्ने । 
६) नेपाल जुडोका स्वंयसेवक प्रशिक्षकहरुको आवश्यकता र नियुक्तिको लागि नेपाल जुडो संघ र जिल्ला जुडो संघद्धारा राष्ट्रिय खेलकुद परिषदमा निरन्तर प्रयास गर्नुपर्ने । 
७) जुडो खेलका प्रतियोगिताहरुमा व्यवसायिकताको व्यवस्था गरिनु पर्ने ।
८) मैले जुडो खेल किन खेल्ने ? खेलेर के पाईने ? जस्ता प्रश्नको प्रतिउत्तरको
निम्ति जिल्ला तथा केन्द्रिय संघद्धारा जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरिनु पर्ने ।
९) जुडो खेलको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय तथा अधिराज्यभरीका जिल्ला जुडो संघ र डोजोहरुसग खुल्ला छलफल गरिनु पर्ने ।
१०) खेलको विकास गर्न खेलको सिद्धान्त, खेलाडीको मिहनत, प्रशिक्षकको समयसापेक्ष प्राविधिक शिक्षा, जिल्ला तथा केन्द्रिय संघहरुको सहयोग आवश्यक हुन्छ । तसर्थ जुडो खेलमा राजनैतिक चहलपहल न्युन हुनुपर्ने ।

जय नेपाल ! जय जुडो !
झापा जुडो डोजो, झापा, नेपाल +977 - 023 - 455176
ईमेल ठेगाना : jhapajudo@gmail.com 
यू.आर.एल : http://jhapajudo.blogspot.com/

Jhapa Judo raised Team First Cup

First Eastern Regional Level Judo Championship organized by Nepal Khelkud Mahasangh District Committee Jhapa has been successfully completed on November 14, Friday 2014 after the Team First Cup was raise by Jhapa Judo Dojo (District : Jhapa).
Jhapa Judo Dojo (Jhapa District) raised the Team First Cup with 4 Golds, 3 Silvers and 3 Bronze, followed by Morang Judo Dojo (Morang District) securing Team Second position with 1 Gold, 5 Silvers and 1 Bronze. The player from Jhapa Judo Dojo, Nakul Kumar Mandal (Jhapa) was announced Best Male Player and player representing Moran Judo Dojo (Morang District) Bimala Subba (Morang) was titled Best Female Player of the Championship.

For Details please click here !

टिम प्रथमको उपाधि झापालाई

प्रथम पूर्वाञ्चल क्षेत्रीय जुडो प्रतियोगिता २०७१ मा ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरी जिल्ला झापा, झापा जुडो डोजो टिम प्रथम र १ स्वर्ण, ५ रजत, १ कास्य गरी जिल्ला मोरङ्ग, मोरङ्ग जुडो डोजो टिम द्धितिय घोषित भई पुरुष तर्फका उत्कृष्ट खेलाडी झापा जिल्लाका खेलाडी नकुल कुमार मण्डल र महिला तर्फका उत्कृष्ट खेलाडी मोरङ्ग जिल्लाकी खेलाडी बिमला सुब्बाले हात पारिन् ।

वृस्तित  जानकारीका लागि यहाँ click गर्नुहोला !




First Eastern Regional Level Judo Championship 2071

First Eastern Regional Level Judo Championship organized by Nepal Khelkud Mahasangh District Committee Jhapa has been successfully completed on November 14, Friday 2014 on the chairmanship of Dr. Prithivi Bikram Rai (Vice-President, District Judo Association, Jhapa), Mr. Depen Rai (President, District Judo Association, Illam) and Mr. Dhurba Pandey (Principal, Modern English HIgh School, Bhadrapur, Jhapa) at New Bus Park Area, Birtamoad, Jhapa. 
The championship was organized with 4/4 weight category of both male and females 23 Judo players participating four districts namely Jhapa, Morang, Illam and Sunsari. The referee for the Championship was Sensai. Gnaga Bahadur Khadka (National 'A' Judo Referee & Judo Senior Volunteer Coach, Jhapa) and Sensai. Jagat Bahadur Khadka (National 'A' Judo Referee & Judo Senior Volunteer Coach, Morang) with the help of  Sensai. Sajan Subba (Kodokan Sho-Dan, Volunteer Coach, Jhapa) and Sensai. Boloram Rajbanshi (National Balck Belt).
Jhapa Judo Dojo (Jhapa District) raised the Team First Cup with 4 Golds, 3 Silvers and 3 Bronze, followed by Morang Judo Dojo (Morang District) securing Team Second position with 1 Gold, 5 Silvers and 1 Bronze. The player from Jhapa Judo Dojo, Nakul Kumar Mandal (Jhapa) was announced Best Male Player and player representing Moran Judo Dojo (Morang District) Bimala Subba (Morang) was titled Best Female Player of the Championship.


प्रथम पूर्वाञ्चल क्षेत्रीय जुडो प्रतियोगिता २०७१ 

         नेपाल खेलकूद महासंघ जिल्ला कमिटि झापाद्धारा आयोजित प्रथम ऐतिहासिक खेलकूद महोत्सव २०७१ मा समावेश गरिएको प्रथम पूर्वाञ्चल क्षेत्रीय जुडो प्रतियोगिता जिल्ला जुडो संघ झापाका उपाध्यक्ष डा.पृथ्वी विक्रम राईज्यू, जिल्ला जुडो संघ ईलामका अध्यक्ष श्री दिपेन राईज्यू, श्री मोर्डन अङग्रेजी हाई स्कुल, भद्रपुर झापाका प्रधानाध्यापक श्री धुर्व पाण्डेज्यूको आतिथ्यतामा विर्तामोड, झापा स्थित नयाँ बस पार्क परिषरमा कार्तिक २८, २०७१ गते सम्पन्न भएको छ ।
जुडो खेलमा झापा, मोरङ्ग, ईलाम र सुनसरी जिल्लाका खेलाडीहरु गरी दुवै महिला र पुरुष ४/४ तौल समूहमा जम्मा २३ खेलाडीहरुको सहभागितामा राष्ट्रिय जुडो रेफ्री तथा स्वयसेवक प्रशिक्षकद्धय श्री गंगा बहादुर खड्का र श्री जगत बहादुर खड्काद्धारा प्रतियोगिता सञ्चालन गरिएको छ । 

झापा जुडो डोजोका स्वयंसेवक प्रशिक्षक साजन सुब्बा र सिनियर खेलाडी बोलोराम राजवंशीद्धारा सहायक रेफ्रीको भुमिका रहेका थियो । 

प्रथम पूर्वाञ्चल क्षेत्रीय जुडो प्रतियोगिता २०७१ मा ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरी जिल्ला झापा, झापा जुडो डोजो टिम प्रथम र १ स्वर्ण, ५ रजत, १ कास्य गरी जिल्ला मोरङ्ग, मोरङ्ग जुडो डोजो टिम द्धितिय घोषित भई पुरुष तर्फका उत्कृष्ट खेलाडी झापा जिल्लाका खेलाडी नकुल कुमार मण्डल र महिला तर्फका उत्कृष्ट खेलाडी मोरङ्ग जिल्लाकी खेलाडी बिमला सुब्बाले हात पारिन् ।
















जुडो 'नेपाली विकिपीडिया'मा

जुडो

नेपाली विकिपीडियाबाट

जुडो एक आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल हो । विशुद्ध बुध्दि र बल्को सन्तुलन समायोजित खेल 'जुडो',दुई जापानी शब्द 'जु' र 'डो' मिलेर बनेको पाईन्छ । 'जु' अक्षरको अर्थ बिनम्र वा भद्र र 'डो' अक्षरको अर्थ मार्ग वा पथ भन्ने बुझिन्छ । यसअर्थमा जुडोको शाब्दिक अर्थ बिनम्रमार्ग र अद्रपथ हो । जुडोले मानवता, भातृत्वता र आत्मस्वाभिनको समेत प्रतिनिधित्व गर्दछ । जुडो खेल सन् १८८२ मा प्रोफेशर जिगोरो कानोद्धरा सुत्रधार गरिएको हो । तसर्थ जुडो खेलको पिता स्व. प्रोफेशर जिगोरो कानो हुन् । जुडो खेलका वाजा (तरिका/हरु) 'अल्प बलमा अधिक असर' (Maximum Effect With Minimum Effort) सिद्धान्त वा मूलमन्त्र लाई आत्मसाथ गरी निर्माण गरिएको हो ।

खेल उद्देश्य

उद्धेश्य बिनाको मानिस र गनतव्य बिनाको यात्रु समान भने झै,जुडो खेलप्रति उत्प्रेरित जुडो खेलाडीहरू सबैको आ-आफ्नो उद्धेश्य छ,जसमा कोही शरीर सुडौल तथा आत्मविश्वासी बनाउँन, कोहि मन शान्त तथा आत्मविश्वासी बनाउन, कोही शरीर स्वस्थ तथा समय व्यस्त बनाउन, कोही विभिन्न परिस्तिथिमा आत्मरक्षाका निम्ति, कोही नाम तथा दाम कमाउन, कोही चाहि पसिना आएपछिको राम्रो अनुभव गर्न चाहन्छन्, कोही जुडो खेलको प्रशिक्षक बन्न चाहन्छन् र कोही जुडो को मानवतावादी खेलसन्देश समाजमा छर्दै समाजसेवाद्धारा परोपकारप्रति समर्पित हुन् चाहन्छन् । स्व.प्रोफेशर जिगोरो कानोले जुडोलाई 'कोदोकान जुडो' भन्नुको वास्तविकताले के देखाउछ भने उहाले कसरी धरैजसो सिद्धान्त बनाउनु भयो र यसलाई सिक्ने जिवनको मुख्य उदेश्य बनाउनु भयो । प्रो कानो स्वयंले भन्नु भयो, जुडोको उद्धेश्य, आक्रमण र आक्रमणलाई रोक्न अभ्यास गर्दै शरीरलाई बलियो पार्नु, मनलाई अभ्यासमा लगाएर इज्जत बढाउनु र अन्तयमा आफुलाई समाजहित र राष्ट्रनिमार्णमा समर्पित गर्नु हो ।

जुडोको इतिहास‍

जुडो वा कोदोकान जुडोको संस्थापन तथा स्थापक स्व.प्रो. जिगोरो कानो हुनुहुन्छ । सन् १८६० मा जापानको शमुद्री तटवर्ती क्षेत्र कोबेका एक समान्य मध्यम आर्थिक अवस्थमा जन्म लिनु भएका प्रो. कानोले कोदोकान जुडो सन् १८८२ अर्थात मात्र २२ वर्षको उमेरमा यो खेलको निर्मान गर्नु भएको हो । उहाँले जुडो निर्माण कार्य सन् १८८२ फेब्रअरी महिनामा पूरा गरी सक्नु भएको थिएतापनि कोदोकान जुडो भने सन् १८८२ मे महिनामा शिताया वामन जापानी क्षेत्रमा गर्नु भएको हो । जुडो जुजुत्सु नामक प्राचिन युद्धकलात्मक खेलबाट उत्पन्न भएको हो, जसको धेरै नाम जस्तै ताईजुत्स, यावारा रहेका छन् ।

उमेर समूह

जुडो सबै पुस्ताहरूको लोकप्रिय खेल हो । जुडो सबै उमेरका ६ वर्ष देखी ८० वर्ष वा सो भन्दा माथि जुनसुकै जात–धर्म, भाषा-संस्कृती राष्ट्र-राष्ट्रियता र पेशाका (लोग्ने) पुरूष,महिला (स्वासनी) मानिसहरूका निम्ति, शारीरिक, मानसिक, सैद्धाम्तिक, ज्ञानपूर्ण रोचक र फलदायक खेल हो ।


- नेपाली विकिपीडियामा 'जुडो' लेखका लेखक झापा जुडो डोजोका स्वंयसेवक प्रशिक्षक साजन सुब्बा हुनुहुन्छ ।

राष्ट्रिय जुडो प्रतियोगिताहरुमा उपलब्धि रेकर्ड

  राष्ट्रिय जुडो प्रतियोगिताहरुमा उपलब्धि रेकर्ड
जिल्ला : झापा

वि‍.सं. २०५३ 
औं राष्ट्रिय जुडो प्रतियोगिता, ललितपुर

कास्य पदकः जालिम राजवंशी (-६० के.जी, पुरुष)

वि.सं.२०६२

औं राष्ट्रिय जुडो प्रतियोगिता, काठमाडौं+


रजत पदकः देविका खड्का (-५२ के.जी, महिला)

रजत पदकः तिलरानी लिम्बू (खुल्ला, महिला)

वि.सं. २०६४

९ औं राष्ट्रिय जुडो प्रतियोगिता, झापा


रजत पदकः देविका खड्का (-५२ के.जी, महिला)

रजत पदकः तिलरानी लिम्बू (खुल्ला, महिला)

कास्य पदकः प्रतिक खड्का (खुल्ला, पुरुष)

वि.सं. २०६५

१० औं राष्ट्रिय जुडो प्रतियोगिता, काठमाडौं+


स्वर्ण पदकः तिलरानी लिम्बू (-७० के.जी, महिला)

कास्य पदकः प्रतिक खड्का (-९० के.जी, पुरुष)

कास्य पदकः देविका खड्का (-५२ के.जी, महिला)

कास्य पदकः केशव कुमार खड्का (-४५ के.जी, पुरुष)

वि.सं. २०६८

११ औं राष्ट्रिय जुडो प्रतियोगिता, धनगढी+


रजत पदकः तिलरानी लिम्बू (-७८ के.जी, महिला)

कास्य पदकः मङ्गलु मेचे (-७३ के.जी, पुरुष)

कास्य पदकः अमिना खातुन (-७० के.जी, महिला)

कास्य पदकः सुरेश वि क (-६६ के.जी, पुरुष)

कास्य पदकः दिलकुमारी सिंजाली (-५२ के.जी, महिला)

कास्य पदकः केशव कुमार खड्का (-५० के.जी, पुरुष)

कास्य पदकः तुलसा देवी कार्की (-४८ के.जी, महिला)

वि.सं. २०७०
१२ औं राष्ट्रिय जुडो प्रतियोगिता, काठमाडौं


कास्य पदकः वविता हास्दा (-५२ के.जी, महिला)

कास्य पदकः तुलसा देवी कार्की (-५२ के.जी, महिला)

वि.सं. २०७१

१३ औं राष्ट्रिय जुडो प्रतियोगिता, काठमाडौं+


कास्य पदकः साजन सुब्बा (-६६ के.जी, पुरुष)

रजत पदकः वविता हास्दा (-५७ के.जी, महिला)

कास्य पदकः तुलसा देवी कार्की (-५२ के.जी, महिला)






Copyright @ 2013 JHAPA JUDO DOJO | झापा जुडो डोजो.
Email: jhapajudo@gmail.com
+977-023-455176 or +977-9862656127