Announcement:

This sport-site is about Judo and hosted by Jhapa Judo Dojo. Call if any query +977-9862656127

नेपालमा जुडो खेलको विकास

नेपालमा जुडो खेलको विकास गर्न निम्न बुदाहरुमा ध्यान दिन जरुरी :
१) नेपाल जुडो संघद्धारा नेपालमा जुडो खेलको विकासका निम्ति स्पष्ट कार्यनिति, कार्यविधि र सयम तालिका बनाईनु पर्ने ।
२) नेपाल जुडो संघद्धारा नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय जुडो खेलाडीहरुलाई खेलमा निरन्तर लागि पर्न जीविकोपार्जनका निम्ति उपाय व्यवस्थापन गरी कार्यान्वयन गर्ने ।
३) नेपालमा ख्याती प्राप्त गरी कारणवश विदेशिनु भएका र वर्तमान समयमा पनि जुडो खेलद्धारा नेपालको नाममा टेवा पुर्‍याउँनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक र खेलाडीहरुलाई सम्मान, सद्भाव, समझदारी र सहयोग हुनुपर्ने ।
४) नेपालमा भएका जुडो खेल समाग्रीहरु जुडो म्याट, जुडो गी आदि को उचित प्रयोग, व्यवस्थापन गरी प्रगति मापनका अनुसूचीहरु निर्धारण गरी स्पष्ट कार्यान्वय गरिनु पर्ने ।
५) नेपालमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुलाई सम्भाव्यता र खेलमा खेलाडीहरुको संख्यात्म आधारमा उपयुक्त जिल्ला छनौट गरी अधिराज्यभरी रहेका जिल्ला जुडो डोजोहरुमा परिचालन गरीनु पर्ने । 
६) नेपाल जुडोका स्वंयसेवक प्रशिक्षकहरुको आवश्यकता र नियुक्तिको लागि नेपाल जुडो संघ र जिल्ला जुडो संघद्धारा राष्ट्रिय खेलकुद परिषदमा निरन्तर प्रयास गर्नुपर्ने । 
७) जुडो खेलका प्रतियोगिताहरुमा व्यवसायिकताको व्यवस्था गरिनु पर्ने ।
८) मैले जुडो खेल किन खेल्ने ? खेलेर के पाईने ? जस्ता प्रश्नको प्रतिउत्तरको
निम्ति जिल्ला तथा केन्द्रिय संघद्धारा जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरिनु पर्ने ।
९) जुडो खेलको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय तथा अधिराज्यभरीका जिल्ला जुडो संघ र डोजोहरुसग खुल्ला छलफल गरिनु पर्ने ।
१०) खेलको विकास गर्न खेलको सिद्धान्त, खेलाडीको मिहनत, प्रशिक्षकको समयसापेक्ष प्राविधिक शिक्षा, जिल्ला तथा केन्द्रिय संघहरुको सहयोग आवश्यक हुन्छ । तसर्थ जुडो खेलमा राजनैतिक चहलपहल न्युन हुनुपर्ने ।

जय नेपाल ! जय जुडो !
झापा जुडो डोजो, झापा, नेपाल +977 - 023 - 455176
ईमेल ठेगाना : jhapajudo@gmail.com 
यू.आर.एल : http://jhapajudo.blogspot.com/

Copyright @ 2013 JHAPA JUDO DOJO | झापा जुडो डोजो.
Email: jhapajudo@gmail.com
+977-023-455176 or +977-9862656127